बजारको व्यस्त सडकमा छाडा चौपायाको कारण समस्या

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १७:३३

दाङ ३० साउन । तुलसीपुर बजारमा छाडा चौयाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुने गरेको छ । बजार मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै सवारी आवागमनमा समेत समस्या भएको छ ।

तुलसीपुर बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु रहेका छन् । तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आउनुभएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताए।

उनले भने  पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन् आफू व्यस्त हुन्छु गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ । उनले भने, चौपाया लखेट्दै हैरानी व्यहोर्नुे परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*