समाचार
साफ यु–२० च्याम्पियनसिपः भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा
काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा भारतलाई पेनाल्छी सुटआउटमा भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । अेल लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको हो । यसअघि...
सुमोको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सोमबार टाटा सुमोको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमोले विपरित दिँदातर्फ आउँदै आएको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।...
अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धादिङ, पर्सा, मोरङ र सिराह जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३, आँपगाछीबाट अवैध लागूऔषध गाँजा १५ किलोग्रामसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
हेटौंडामा एक वृद्धाको शव भेटियो
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक वृद्धाको शव भेटिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्थित पाथिभरा मन्दिर नजिकै एक वृद्धाको शव भेटिएको हो । उक्त शव स्थानीय ७० वर्षीया ठूलीमाया विकको रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका...
हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न बाटो अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न बाटो पहिरोका कारण अवरुद्ध भएको छ । आज दिउँसो परेको अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसी बाटो अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भीमफेदी गाउँपालिका वडा नम्वर ८, महादेवटारस्थित वर्षासँगै खसेको पहिरोका...
हेटौंडाको रत्ना होटलमा युवती मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित रत्ना होटलमा आज बिहान एक युवती मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा हेटौंडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी जानकारी दिए । उनको शव आफन्तले पहिचान...
हेटौंडाको जुरेथुमस्थित कृष्ण मुर्ती प्राङ्गणमा भक्तजनको भीड
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, जुरेथुमस्थित कृष्ण मुर्ती प्राङ्गणमा भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदैछन् । सोही अवसरमा श्रद्धालुहरु उक्त कृष्ण मुर्तीको दर्शन गर्न त्यहाँ पुगेका हुन् । हटियास्थित जुरेथुम पिकनिक तथा पर्यटन पार्कमा रहेको उक्त...
राष्ट्रपतिले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देश जारी गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व २०८१ को शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुर्याउने बताएका छन् ।...
शंखमुलमा एक पुरुषको हत्या
काठमाडौं । काठमाडौंको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ । हत्या हुनेमा रूपक बान्तवा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको हो । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पर्यटन मन्त्री ठकुरीको हेटौंडास्थित निवासमा आगोलागी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको निवासमा आगोलागी भएको छ । पर्यटन मन्त्री ठकुरीको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेस्थित निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । प्रहरीका अनुसार, गएराती भएको आगोलागीबाट...










