पर्यटन मन्त्री ठकुरीको हेटौंडास्थित निवासमा आगोलागी

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार ०९:०५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको निवासमा आगोलागी भएको छ ।

पर्यटन मन्त्री ठकुरीको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेस्थित निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

प्रहरीका अनुसार, गएराती भएको आगोलागीबाट मानवीय क्षती भने भएको छैन । उक्त आगो दमकल, नेपाल प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

आगोलागीबाट इन्भर्टरको चार थान व्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैचा, जिप्सन बोर्डमा क्षति पुगेको जनाइएको छ ।