शंखमुलमा एक पुरुषको हत्या

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार ०९:२९

काठमाडौं । काठमाडौंको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ ।

हत्या हुनेमा रूपक बान्तवा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।