राष्ट्रपतिले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार ०९:३९
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देश जारी गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व २०८१ को शुभकामना व्यक्त गरेका हुन् ।

उनले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुर्याउने बताएका छन् ।

उनले शुभकामना सन्देशमा ‘श्रीकृष्ण जन्माष्टमी पर्वले नेपालीमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना’ व्यक्त गरेका छन् ।

यसैगरी राष्ट्रपति पौडेलले गौरा पर्वको शुभकामना व्यक्त गर्दै हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भाव प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।