समाचार

सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक नेप्सेमा १११ दशमलव ९६ अंकको गिरावट आएको हो । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको शेयर बजार अन्तिम समयसम्म ३ दशमलव ८६ प्रतिशतले घट्दै २ हजार ७८२ दशमलव ६०...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बुलबुले नजिक होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँसहित...

राप्ती खोलामा डुबेर मकवानपुरका थिङ बिरामी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, प्रतापपुरस्थित राप्ति खोलामा डुबेर एक जना बरामी भएका छन् । मंगलबार दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएका ३५ वर्षीय सुबास थिङ खोलामा डुबेर बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, थिङलाई उद्दार गरि उपचारको लागि मनहरी...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ...

मकवानपुरमा एकैदिन दुई जनाको शव फेला

मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन दुई जनाको शव फेला परेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ र वडा नम्वर १० मा एक–एक जना गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रहरीप्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, जिल्लाको हेटौंडा–१,...

सभापति देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफल गर्ने गरी उनीहरुलाई बोलाएको सभापति देउवा निकट एक...

आजको मौसमः भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न...

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान

काठमाडौं । नेकपा एकीकृत समाजवादीको रिक्त पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ । सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट प्रकृया आडि बढाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, मतदाताको नामावली सार्वजनिक भइसकेको छ । आज...

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का विभिन्न तीन वटा समितिको बैठक आज एकैदिन बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो । जसनुसार, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा...

पहिरोका कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने दुबै बाटो खुल्यो

मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने दुबै बाटो खुलेको छ । आज दिउँसो परेको अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसी अवरुद्ध बनेको बाटो खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भीमफेदी गाउँपालिका वडा नम्वर ८, महादेवटारस्थित वर्षासँगै...