समाचार

हेटौंडा जेसीजको आयोजनामा साइकल जात्रा हुँदै

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा यही भदौ १५ गते साइकल जात्रा २०८१ हुने भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा करिब २५० जना साइकल यात्रीको सहभागितामा साइकल जात्रा आयोजना गर्न लागिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिएका छन् । हेटौंडा–४ हुप्रचौरबाट सुरु हुने साइकल...

बुधबार सुनको भाउ बढ्यो

काठमाडौंं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको हो...

हेटौंडा उपमहानगरद्वारा एक महिनामा चार करोड ५० लाख राजस्व संकलन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानरले चालु आार्थिक वर्ष २०८१–०८२ को साउन महिनामा रो रकम बराबरको राजस्व संकलन गरेको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले जानकारी दिए । उनका अनुसार, उपमहानगरले सम्पत्ति करबाट...

उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । विगत एक वर्षदेखि विचाराधीन विधेयकमाथि छलफल गर्न उक्त बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । समितिको आज बस्ने बैठकले २०८०...

साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको फाइनल खेल आज हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । आज हुने उक्त फाइनल खेलमा नेपाल र बंगलादेश भिड्नेछ । दुबै देशका खेलाडीले प्रतियोगिताको उपाधि हात पार्न सक्दो तयारी गरेका छन् । त्यस्तै, फाइनल खेल हेर्न दर्शकहरु...

एकीकृत समाजवादीको १७ पदाधिकारी निर्वाचित, पायो पूर्णता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत् १७ जना पदाधिकारी निर्वाचित भएका छन् । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार, पार्टीको महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई, उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह, खुला...

मुख्यमन्त्री लामालाई तरुण दल हेटौंडाको ध्यानाकर्षण पत्र

मकवानपुर । हेटौंडा अस्पतालको कर्मचारी पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्त दिन माग गर्दै तरुण दल हेटौंडाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ध्यानाकषर्ण पत्र बुझाएको छ । परीक्षा र अन्तवार्ता दुबैमा सफल भइसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दल हेटौंडाले मंगलबार एक कार्यक्रमबीच मुख्यमन्त्री लामालाई ध्यानाकर्षण...

बागमती प्रदेशः एक महिनासम्म मन्त्री जिम्मेवारीविहीन

हेटौंडा । संघमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई नयाँ सरकार बनेको एक महिना पूरा भएको छ । तर, एक महिनाअघि मन्त्रीपरिषद् गठन हुँदा पछि जिम्मेवारी तोकिने गरी बिना विभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठले अझै मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । गत साउन ९ गते जिम्मेवारी पछि...

हेटौंडामा सवारी कर नविकरण र दस्तुर संकलन सम्बन्धि अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार सवारी कर नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम श्रम रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको हो । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको...

अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या

टेक्सस । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी अन्दाजी २१ वर्षीया मुना पाण्डे गोली हानेर हत्या गरेको पाइएको हो । उनको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए...