बुधबार सुनको भाउ बढ्यो
काठमाडौंं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको हो ।
यसअघि मंगलबार तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ । बुधबार चाँदी तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।
