समाचार

दैलेखमा चट्याङ लागेर बालकको मृत्यु

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–८, पिपलकोटका २ वर्षीय बालक रोशन विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको उनको मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर...

एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी सम्भावित कार्यसूची रहेको...

एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा शपथ ग्रहण गर्ने भएका हुन् । उनीहरुले शपथ ग्रहण गरेलगतै पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक...

कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी बोलाइएको हो । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक आह्वान...

एमालेको भोलि बस्ने सचिवालय बैठकको कार्यसूची तय

काठमाडौं । नकेपा एमालेले भोलि बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । केन्द्रीय कार्यालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको हो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग...

कलकत्तामा पुर्याइ मानव अंग मृगौला बेचबिखन, मकवानपुरकी महिला पक्राउ

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पुर्याइ मानव अंग मृगौला बेचबिखन गरेको आरोपमा मकवानपुरकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेकी छन् । घलानलाई पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको...

विपद्को घटनामा परेर २१० जनाको मृत्यु, ५२ जना बेपत्ता

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा...

संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाऔँः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाउनुपर्ने बताएका छन् । बुधबार कांग्रेस मकवानपुर जिल्ला समितिद्वारा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति बानियाँले भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गरे । उनले मौलिक संस्कृति र परम्परा झल्किने गरी...

विवादमा मकवानपुर जिल्ला फुटबल संघ, आन्दोलन गर्ने क्लबको चेतावनी

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघ विवादमा मुछिएको छ । केही महिना अगाडि सम्पन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको हिसावकिताब सार्वजनिक गर्न नसकेर सर्वत्र आलोचित भएको संघ अहिले ‘गलत निर्णय’ गर्दा पुनः विवादमा तानिएको हो । संघको आयोजनामा भदौ १४ गतेबाट सुरु हुन लागेको जिल्लाको सन्दर्भमा खेल तालिकालाई लिएर सहभागी क्लबहरुले...