समाचार
बागमतीमा विपद्का घटना बढ्दैः बस्न सकेन संयन्त्रको बैठक
हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा मौसमजन्य विपतका घटना बढ्दो छ । तर, पछिल्लो समयमा बाढी–पहिरो, डुबान, महामारी, दुर्घटनालगायतका घटनासँगै जनधनको क्षति र थप जोखिम बढ्दासमेत प्रदेश विपत् व्यवस्थापन परिषद् र प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्न सकेको छैन । पछिल्लो पटक रामेछाप जिल्लामा पहिरो जाँदा सात जनाको...
हेटौंडा–१६ मा तीज विशेष कार्यक्रम
मकवानपुर । महिलाहरुको महान पर्व हरितालिका तीजको अजसरमा हेटौंडा उपमहानगरपालिका–१६ तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम महिला जागरण समुहको आयोजना तथा १६ नम्बर वडा कार्यालयको सहयोगमा भएको हो । कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा नगर प्रमुख लामाले पर्वलाई उत्ताउलो...
हस्तकलाग्राम विधेयकमा उद्यमीहरुका विषय समेट्न सरोकारवालालाई सुझाब
मकवानपुर । प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरोकारवालाहरुलाई विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले सुझाब दिएका छन् । उक्त विधेयकका सम्बन्धमा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जनपत्र मिडिया प्रा.लिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका...
आज एकैदिन आठ संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन आठ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक बस्न...
आज यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न...
राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान साढे ९ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकको राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवम् प्रचार विभाग...
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई बालकको मृत्यु
विराटनगर । पाँचथरको फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ११ वर्षीय दिपस्न साँवा र २ वर्षीय प्रियसा साँवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार, हिजो बिहीबार डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किएको थियो । विस्फोटक...
थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । थाहा नगरपालिकाको क्याम्पाडाँडा स्थित कबर्डहलमा भएको प्रतियोतिताको पहिले दिन ४ वटा टिमले बिजयी सुरुवात गरेका छन् । प्रतिस्पर्धामा रोशन गोपाली र घनश्याम श्रेष्ठ, नारायण बिष्ट र...
एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते बिहीबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रचार विभाग प्रमुख गौतमले सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनमाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत्...
एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको परिष्ठ नेतामा तीन जना मनोनीत भएका छन् । मनोनीत हुने नेताहरुमा क्रमशः बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेत रहेका छन् । उनीहरुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । उनीहरु तीनै जनाले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका...










