समाचार
सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु
काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) मासेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा मासेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद...
हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा संचालन गर्ने
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा संचालन गर्ने भएको छ । अस्पतालले बिरामीहरुको चापलाई मध्यनजर गर्दै भदौ १६ गतेबाट उक्त सेवा संचालन गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले शनिबारबाहेक हरेक दिन...
मकवानपुरमा स्क्रब टाइफसका ९० जना बिरामी फेला
मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका ९० जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ३३ महिला र १७ पुरुष गरी ५० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा...
हत्या गरेको अभियोगमा पक्राउ
सिराहा । सिराहा नगरपालिका–३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा शुक्रबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार,...
मकवानपुरका १७३ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुर जिल्लाका १ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ १४ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ९४ जना महिला र ७९ जना पुरुष रहेका छन् । सो...
अवैध लागूऔषधसहित एक जना पक्राउ
मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने ३७ वर्षीय निकेश साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्र्रहरीका अनुसार, उनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय ३० मिलिग्रामसहित पक्राउ गरिएको...
कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको कानुन विभागमा सदस्यहरू मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनयन गरेका हुन् । सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत् पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् । सभापति देउवाले पार्टी विधानको धारा २५(९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली...
प्रधानमन्त्री ओलीद्वारा हाइड्रोजन कारको उद्घाटन
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेलस्थित आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार उद्घाटन गरेका हुन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ...
युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु
किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, विमान दुर्घटनामा परेर विमानका पाइलट ओलेक्सी मेसको मृत्यु भएको हो । सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो...
काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा...









