समाचार
सार्वजनिक विदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सार्वजनिक विदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् । उक्त पत्रमा गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा...
नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–२८, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, ६४ वर्षीया तामाङले शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट हाम फालेकी थिइन् । त्यसपश्चामत गम्भीर...
अवैध लागूऔषधसहित पक्राउ
कैलाली । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ जोनापुर बस्ने ३८ वर्षीय दिल बहादुर चौधरी रहेका छन् । उनलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय ९० मिलिग्राम र गाँजा २ किलोग्रामसहित शनिबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय...
आइतबार पनि घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । गत साता नेप्से परिसूचक २२४.८७ अंकले बजार घटेको शेयर बजारमा आज पनि गिरावट आएको हो । आज साताको पहिलो दिन नै ५३.६३ अंकको गिरावट आएर २ हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा रोकिएको हो...
बागमती प्रदेशः साधारण खर्च घटाउन निर्देशन
हेटौंडा । बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च घटाउन, मितव्ययिता अपनाउन र प्रदेश सरकारको कार्यसम्पादन एवं सेवा प्रवाहमा सुशासन कायम गर्न निर्देशन दिएको छ । समितिको यहाँ प्रदेश सभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत साधारण खर्च घटाउने...
जेसीज कप ब्याडमिन्टन प्रतियोगिताः देब र नरेन्द्रको टिमले जिते उपाधि
मकवानपुर । थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले हात पारेका छन् । शनिबार सम्पन्न भएको फाइनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गर्दै देब र नरेन्द्रको टिमले उपाधि जितेको हो । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १०...
लागूऔषधसहित एक जना पक्राउ
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेशसहित शनिबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–७ घर भएका ४२ वर्षीय जनक धामी रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट करिब ४ किलो...
सिरहामा सर्पको टोकाइबाट युवतीको मृत्यु
जनकपुरधाम । सिरहामा सर्पको टोकाइबाट गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छन् । गएराति सुतेको बेला १२ बजे गोमन सर्पले टोक्दा गम्भीर बिरामी भएका उनलाई उपचारामा नलगी झाँक्रीमा लगिएको बुझिइएको छ । झारफुकबाट निको नभएपछि...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटेको जनाएको छ । निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटेको हो । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र...
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३९ रुपैयाँ...










