आइतबार पनि घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ ।
गत साता नेप्से परिसूचक २२४.८७ अंकले बजार घटेको शेयर बजारमा आज पनि गिरावट आएको हो ।
आज साताको पहिलो दिन नै ५३.६३ अंकको गिरावट आएर २ हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा रोकिएको हो ।
यस्तै, आज सूचीकृत ३३७ कम्पनीको २ करोड ६२लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर खरिदबिक्रि भएको छ भने १० अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।
आज म्युचुअफ फण्ड बाहे्क सबै उपसूचक घटेको छ ।
