समाचार
दुई वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार...
डेंगुको संक्रमणबाट एक जनाको मृत्यु
चितवन । चितवनमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, ती पुरुष ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना...
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो कर्णाली र...
आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी मनाइँदै
मकवानपुर । आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंंसी पर्व मनाइँदैछ । जन्म दिने बाबुलाई देवता समान धार्मिक मान्यताका आधारमा आज छोरा–छोरीले बाबुलाई विशेष सम्मान गर्छन् । आजको दिन आफ्ना बाबुप्रति आदर सम्मानका साथ फलफुल लगायत मीठो–मीठो खानेकुरा तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने...
एसिड पीडित हेटौंडाकी कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने
काठमाडौं । एसिड पीडित विन्दबासिनी कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद् बनेकी उनलाई यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले कंशाकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध...
चितवनमा चट्याङ लागेर महिलाको मृत्यु
चितवन । चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको माडी नगरपालिका–१ शिकारीपुरमा ५० वर्षीया सरस्वती महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो । महतोको टाउको, ढाड, खुट्टा र...
एन्फा महिला लिगः उद्घाटन खेलमा कोशी प्रदेश विजयी
काठमाडौं । आजबाट सुरु भएको एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश विजयी भएको छ । खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको हो । प्रतियोगितामा त्रिभुवन...
राजस्व चुहावट नियन्त्रण गर्न दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन
काठमाडौं । राजस्व चुहावट नियन्त्रण गर्न दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरिएको छ । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको हो । जसमध्ये पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गरिने भएको छ...
बाल मन्दिरको भौतिक सम्पतिको संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर) को देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण गर्न निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले बाल मन्दिरको जे जति जमिन, भवन...
रुकुम पश्चिममा सुत्केरी बोकेको हेलिकोप्टर आकस्मिक अवतरण
रुकुम । रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रूपमा अवतरण गरिएको छ । डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको कल साइन नाइन ए ०६६ हेलिकोप्टर खराब मौसम खराबीको कारण आठबिसकोट नगरपालिका–९ राडिको रङ्गशालामा अवतरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई...









