रुकुम पश्चिममा सुत्केरी बोकेको हेलिकोप्टर आकस्मिक अवतरण
रुकुम । रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रूपमा अवतरण गरिएको छ ।
डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको कल साइन नाइन ए ०६६ हेलिकोप्टर खराब मौसम खराबीको कारण आठबिसकोट नगरपालिका–९ राडिको रङ्गशालामा अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई हेलिकोप्टरमार्फत् उद्धार गरेर सुर्खेततर्फ लाने क्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो ।
सुत्केरी पश्चात् साल ननिस्केको र रक्तस्राव बढी भएपछि उनलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिँदै गरेको बुझिइएको छ ।
उनको अहिले आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरीको स्वास्थ्य उपचार गरिरहेको जनाइएको छ ।
