समाचार
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि...
आज तीन संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०...
मकवानपुरमा दुई जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा सोमबार दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका गरी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । जिल्लाको बागमती गाउँपालिका वडा नंं.४ स्थित चौरादोभानको बागमती खोलाको बिच...
मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मकवानपुर । भीमफेदी–कुलेखानी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडीखेतस्थित एघार घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बीरगंज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने वर्ष ४० को बृतनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ः११ बजेको समयमा शिखरपुर केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो...
रेडियो मकवानपुरले तीज विशेष कार्यक्रम गर्दै
मकवानपुर । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले भोलि भदौं १९ गते बुधबार जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियोले गत वर्षहरुमा झैं हरितालिका तीजको अवसरमा यस वर्ष पनि तीज विशेष कार्यक्रम गर्न लागेको हो । रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा मकवानपुरका २...
नेपाली कांग्रेसका दुई विभागमा सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका दुई विभागमा सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग...
प्रत्येक महिनाको अन्तिम बिहीबार प्रेसमिट गर्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मासिक रूपमा प्रेसमिट गर्ने निर्णय गरेको छ । भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको पार्टीका कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिए । सोही अनुसार यो महिनाको पत्रकार सम्मेलन भदौ २७ बिहीबार हुने कार्यबहाक...
बाढीले बगाएर बेपत्ता मकवानपुरकी तितुङको शव भेटियो
मकवानपुर । बाढीले बगाएर बेपत्ता भएकी मकवानपुरको नानिमाया तितुङको शव भेटिएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी उनको आज दिउँसो शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हिजो आइतबार दिउँसो बाराको निजगढ नगरपालिका वडा नम्वर...
प्रधानमन्त्री र भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गरेका थिए । उनले दक्षिण एसियाली राष्ट्रहरुको...










