बाढीले बगाएर बेपत्ता मकवानपुरकी तितुङको शव भेटियो
मकवानपुर । बाढीले बगाएर बेपत्ता भएकी मकवानपुरको नानिमाया तितुङको शव भेटिएको छ ।
जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी उनको आज दिउँसो शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हिजो आइतबार दिउँसो बाराको निजगढ नगरपालिका वडा नम्वर १०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा उनलाई बाढीले बगाएको थियो ।
बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका वडा नम्वर २, बकैया खोला किनारमा भेटिएको हो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
