समाचार
हेटौंडामा विद्युत् चुहावट घट्यो
मकवानपुर । मकवानपुरको हेटौंडामा उपमहानगरपालिका क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको पाइएको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आव २०८०/८१ मा विद्युत् चुहावट...
सुकिलुम्बा बिमानस्थल बिहीबारदेखि पुनः संचालनमा आउने
इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुनः संचालनमा आउने भएको छ । वर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द भएको उक्त विमानस्थलबाट हवाई उडान पुनः सुरु गर्न लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । उनका अनुसार, गत जेठ १३ गते...
पाँच संसदीय समितिको बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत आज बस्ने गरी पाँच संसदीय समितिको बैठक आह्वान गरेको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । जसनुसार, शिक्षा,...
आज भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट...
यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.९८ रुपैयाँ...
एमाले पोलिटब्युरो बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहने भएको छ । मंगलबारबाट सुरु भएको एमाले पोलिटब्युरो बैठक आज पनि बस्न लागेको हो । बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको...
राक्सिराङ्गमा न्वागी पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण चाड (न्वागी) को अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । पालिकाका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा न्वागीको अवसरमा यही भदौ २१ र २२ गते सार्वजनिक विदा दिएको...
कांग्रेस मनहरीको आयोजनामा अग्रज महिला सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम
मकवानपुर । हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले अग्रज महिला सम्मानका साथ विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । पार्टीले मंगलबार मनहरीमा संस्कृतिको प्रवर्द्धनका लागि मौलिक तीजगीत प्रस्तुति, खैजडी भजन प्रदर्शनका साथै मनहरीका अग्रज महिलालाई सम्मान गरेको हो । कार्यक्रममा मनहरीको खैजडी भजन टोलीले स्थानीय...
बालिका बलात्कार आरोपमा पक्राउ
संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले...
सहकारी छानबिन समितिको म्याद थप
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले संसदीय छानबिन विशेष समितिको १५ दिन म्याद थप गरेको हो । बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त...










