समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका...

बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

मकवानपुर । बागमती प्रदेशमा एक हजार सात सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशमा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा साउन महिनामा ८ सय ४० र भदौ महिनामा ९ सय ४० जनामा डेंगु...

मोटरसाइकल चोरेको अभियोगमा पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् । मुलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका ३ का ४० वर्षीय कृतिबहादुर थापा रहेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा बागमती प्रदेश ०२–०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका थापालाई ट्राफिक प्रहरीले पक्राउ गरेको...

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुल्यो

मकवानपुर । वर्षासँगै पहिरो खस्दा गएरातिदेखि अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड खुलेको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा गएराति पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो आज बिहान पन्छाई दुबैतर्फको यातायात संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट संघीय राजधानी...

बाढीका कारण खोलाको बगरमा अलपत्र परेका चार जनाको उद्धार

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ । राप्ती खोलामा आएको बाढीका कारण अलपत्र परेका तीन महिला र एक पुरुषको गएराति नै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार,...

डकर्मी र खेलकर्मी महिलालाई सम्मान

मकवानपुर । खेलकर्मी र डकर्मी महिला जागरुक महिला सम्मानबाट सम्मानित भएका छन् । हेटौंडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेहरुमा हेटौंडा–५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा–१९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छन्...

सुरु भयो तीज, आज दर खाने दिन

मकवानपुर । पाली हिन्दु नारीले हरितालिका (तीज) आजबाट सुरु भएको छ । आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन रहेको छ । तीजको दिन...

अछाममा जिप दुर्घटना हुँदा ११ जना घाइते

अछाम । अछामको साँफेबगर नगरपालिका–८ मटेनामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा क्रमशः चौरपाटी–१ का...

राष्ट्रपतिबाट कांस्य पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई...

प्रस्तावित राजदूतको सुनुवाइ भदौ २४ गतेसम्म स्थगित

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही भदौ २४ गतेसम्मका लागि स्थगन गरिएको छ । एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको जनाइएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । अहिलेसम्म १३ देशका लागि...