समाचार

पशुपति क्षेत्रमा मासु र मदिरामा प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हरितालिका तिजको समयमा पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सो क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा रोक लगाएको बताए । सूचनामा...

रास्वपाको प्रदेश भेला जारी

काठमाडौं । राष्ट्रिय भेलाको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातै प्रदेशमा प्रदेशस्तरीय भेला जारी रहेको छ । पार्टीले हालसम्म कर्णाली‚कोशी र बागमती प्रदेशको भेला सम्पन्न गरेको छ । भोलि मधेस प्रदेशमा भेलाको आयोजना गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, भेलाले प्रदेशमा भएका...

दाङमा बँदेलको आक्रमणबाट एक जना घाइते

दाङ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका– ७ मलईका ३५ वर्षीय रेशम बाँठा मगर रहेका छन् । बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा उनीलाई बँदेलले आक्रमण गरेको जनाइएको छ । बँदेलको आक्रमणबाट उनको खुट्टा, हात, मुखमा चोट लागेको छ...

राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले बुधबार वार्षिक प्रतिवेदन पेश गरेको छ । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले शितल निवासमा पुगेर राष्ट्रपति पौडेललाई आयोगको आठौं वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन पेश गरेपछि अध्यक्ष ठाकुरले गत आर्थिक वर्षमा बजेट शून्यता रहेका कारण कार्ययोजना अनुसारको काम गर्न नसकिएको...

मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ४५ महिला र २७ पुरुष गरी ७२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा...

बुधबार नेप्सेमा भारी अंकको गिरावट

काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार । यस दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ । पछिल्लो दुई दिन हरियाली छाएको पुँजी बजार आज राताम्य भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९० दशमलव ७३ अकंले घटेर २ हजार ७३९ दशमलव ४६ बिन्दुमा कायम भएको...

भरूवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ

बाँके । बाँकेबाट भरूवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिख रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार घरैबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भरूवा बन्दुकको नाल १ थान, बनाउँदै...

शेयर अभिमुखीकरण तालिमको तयारी पूरा

मकवानपुर । लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा यही भदौ २२ गते संचालन हुने १ दिने शेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ । शनिबार थाहा नगरको जेसीज हलमा हुने तालिमाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए । सचिव कार्कीले तालिममा १ सय जनालाई...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । बाँकेको नेपालगंज उपमहानगरपालिका–२० बाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित सोही उपमहानगरपालिका...

राष्ट्र बैंकले दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यस वर्षको दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने जानकारी दिए । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको...