भरूवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:४३
सांकेतिक तस्बिर

बाँके । बाँकेबाट भरूवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिख रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार घरैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडीसहितको सिङ १ थान बरामद गरेको छ ।

उक्त घटनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।