समाचार

रुसी आक्रमणमा परेर युक्रेनमा ४१ जनाको मृत्यु

किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेर उनीहरुको मृत्यु भएको हो । सो क्रममा कम्तीमा १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । मिसाइलले शैक्षिक संस्था र...

बागमती प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको छ । प्रदेश सरकारले असोज १ गतेदेखि ४ गतेसम्म गरी चार दिन विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरज चन्द्र लामिछानेले जानकारी दिए । संविधान दिवसको अवसरमा...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे १३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर...

डेंगुबाट मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो । यस्तै, सो अवधिमा ६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार, गत माघको...

बागमती प्रदेश प्रहरी प्रमुखमा कृष्णहरि पोखरेल

मकवानपुर । बागमती प्रदेश प्रहरी प्रमुख (डीआईजी) मा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ । तीमध्ये बागमती प्रदेश प्रहरी प्रमुखमा पोखरेललाई सरुवा गरिएको हो । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा...

नेविसंघले लगायो हेटौंडाको वन विज्ञान संकायमा ताला

मकवानपुर । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पसमा गत भदौ १३ गते आफ्ना विद्यार्थी नेताहरुमाथि कुटपिट भएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा तालाबन्दी गरेको छ । विश्वविद्यालयको केन्द्रीय एवम् सम्पूर्ण आङ्गिक क्याम्पसहरू, कृषि संकाय र वन विज्ञान...

एलिसा न्यौपाने हत्या प्रकरणः मुख्य आरोपी पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलमा गत भदौ १० गते मृत अवस्थामा भेटिएकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपी समिर खान भन्ने चाँद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेको छ । पैठानलाई हेटौंडा–५, स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, बैठकमा सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक...

प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई देशको विभिन्न स्थानमा सरुवा गरेको हो । जसअनुसार, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मा सरुवा भएका...