समाचार

सोमबार नेप्से ११७ अंकले बढ्यो, १२ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हतियारी छाएको छ । साताको पहिलो गिरावट आएको नेप्से परिसूचक सोमबार भने हरियाली छाएको हो । आइतबार ५३ दशमलव ६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको हो । आज नेप्से परिसूचक ११७ दशमलव ६४ को विन्दुमा...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाटपाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुत, रुपन्देही र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश १ किलो ४ सय ४६ ग्रामसहित आइतबार राति दुई जनालाई पक्राउ गरेको छ ।...

बाढीले बगाउँदा मकवानपुरकी तितुङ बेपत्ता

मकवानपुर । बाढीले बगाएर मकवानपुरकी नानिमाया तितुङ बेपत्ता भएकी छन् । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा उनी बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हिजो आइतबार दिउँसो बाराको निजगढ नगरपालिका वडा नम्वर १०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो...

दुर्घटनामा परेर हेटौंडाका सुवेदीको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले...

कांग्रेस मनहरीले तीज विशेष कार्यक्रमको आयोजना गर्दै

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । भदौ ९ गते बसेको समितिको बैठकले तीजको अवसरमा कार्यक्रम गर्ने निर्णय गरेको हो । महिला लक्षित उक्त कार्यक्रममा गाउँपालिका क्षेत्रका सम्पूर्ण राजनीतिक दललाई समेट्ने गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए । कार्यक्रम भोलि भदौ...

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी पाठकलाई

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी बद्रीबहादुर पाठकलाई दिइएको छ । भदौ १३ गतेको मुख्यमन्त्रीस्तरको निर्णय अनुसार परिषद्का प्रमुख पाठकलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको हो । सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य सञ्चालन तथा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको काममा बाधा उत्पन्न भएको...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रे । बनेपा–पनौती सडकखण्डअन्तर्गत काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्करबाट टाउको र...

बाँकेको नरैनापुरमा झाडापखालाबाट ४ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ...

मकवानपुरमा डेंगु सक्रमितको संख्या २ सय नाघ्यो

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २ सय नाघेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ सय ७ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ११० जना महिला र ९७ जना पुरुष रहेका छन् । सो...

चुच्चेखोला सामुदायिक वनको आयोजना वृक्षारोपण तथा तीज विशेष कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, स्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वृक्षारोपण तथा तीज विशेष कार्यक्रम सम्पन्न भएके छ । कार्यक्रम हेटौंडा बहुआयामिक आयआर्जन विपन्न वर्ग महिला उप–समिति हेटौंडा–१७ को सहआयोजना तथा सहयोगी निकाय जेड.एस.एल, डब्लू.आर.आर.एल र युएनडिपिको सहयोगमा भएको हो । कार्यक्रम समूहका अध्यक्ष लक्ष्मण...