दुर्घटनामा परेर हेटौंडाका सुवेदीको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार १४:४२

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ९ः२० बजेको समयमा सिमेन्ट लिएर नवलपरासीबाट झापातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नं. को ट्रकले हेटौंडाबाट मनहरी जाँदै गरेको बा.प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक सुवेदीको गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा १० बजेर ५ मिनेटको समय जदाँदा मृत्यु भएको प्रहरी नयाव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले ट्रक चालक दाङको गडुवा गा.पा.२ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।