पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुल्यो

तु खबर संवाददाता
२०८१ भाद्र २०, बिहीबार ०९:४२

मकवानपुर । वर्षासँगै पहिरो खस्दा गएरातिदेखि अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड खुलेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा गएराति पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।

उक्त स्थानमा खसेको पहिरो आज बिहान पन्छाई दुबैतर्फको यातायात संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात संचालन भइरहेको जनाइएको छ ।