एमाले पोलिटब्युरो बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहने भएको छ । मंगलबारबाट सुरु भएको एमाले पोलिटब्युरो बैठक आज पनि बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको जनाइएको छ ।
मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा धारणा दिन भनिएको छ ।
