डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार ०९:०८

चितवन । चितवनमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, ती पुरुष ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको संक्रमण पुष्टि भएको जनाइएको छ ।