लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १६, आईतवार ०९:३३

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेशसहित शनिबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–७ घर भएका ४२ वर्षीय जनक धामी रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रूपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।