अवैध लागूऔषधसहित पक्राउ
कैलाली । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ जोनापुर बस्ने ३८ वर्षीय दिल बहादुर चौधरी रहेका छन् ।
उनलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय ९० मिलिग्राम र गाँजा २ किलोग्रामसहित शनिबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
