अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १५:५७

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने ३७ वर्षीय निकेश साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्र्रहरीका अनुसार, उनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय ३० मिलिग्रामसहित पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

सो घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।