एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने

तु खबर संवाददाता
२०८१ भाद्र १३, बिहीबार १८:४६
file-photo

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते बिहीबार बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रचार विभाग प्रमुख गौतमले सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनमाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत् २०८१ को पार्टी कार्ययोजनाबारे छलफल गर्ने निर्णय गरेको बताए ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे, ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।

पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने लगायतको निर्णय गरिएको उनले बताए ।