एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी सम्भावित कार्यसूची रहेको छ ।
यसअघि बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको हो ।
पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिवले सहभागिता जनाएका थिए ।
