समाचार
हाँडीखोला युथलाई चैनपुर जेसीजको खेल सामग्री
मकवानपुर । जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हाँडीखोला युथ क्लबलाई चैनपुर जेसीज मनहरीले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच एकसेट जर्सी र फुटबल हस्तान्तरण गरिएको हो । कार्यक्रम संयोजक सरोज विष्टको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रबिन ढकालको सभाध्यक्षता एवम् मनहरी गाउँपालिका ९ नम्बर वडा...
राष्ट्रिय खेलकुदको दसौँ संस्करण पूर्वनिर्धारित मितिमा नहुने
मकवानपुर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुदको दसौँ संस्करणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले आज युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संघले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय खेलकुदको दसौँ संस्करणको...
बागमतीको झण्डै १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा
मकवानपुर । बागमती प्रदेशको झण्डै १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । प्रदेशको १३ जिल्लाका सामुदायिक, कबुलियति र धार्मिक वनको १२ हजार ९ सय ४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । उक्त तथ्याङ्क गत आर्थिक वर्ष २०८०-०८१ सम्मको रहेको वन निर्देशनालय हेटौंडाले जनाएको छ...
मकवानपुरका १४७ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुर जिल्लाका १ सय ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ११ गते मंगलबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८२ जना महिला र ६५ जना पुरुष रहेका छन् । सो...
रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने भएको छ । केन्द्रीय कार्यालय चस्मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो...
टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक (टीआरसी) को सन्देश टेबुल भएको छ । राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयकको सन्देश मंगलबारको प्रतिनिधि सभा बैठकमा टेबुल भएको हो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन् । २०७९ साल फागुन २५...
नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध
हेटौंडा । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध भएका हुन् । यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली सार्वजनिक गर्न बाँकी छ । नेकपा एकीकृत समाजवादीमा १८ जना पदाधिकारी छान्न आजदेखि चुनावी प्रक्रिया सुरु भएको...
हेटौंडा खानेपानी बोर्डद्वारा दैनिक साढे तीन करोड लिटर पानी वितरण
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले २७ हजार वटा धारामार्फत् दैनिक साढे तीन करोड लिटर पानी वितरण गरिरहेको जानकारी दिएको छ । बोर्डले मंगलबार आर्थिक वर्ष २०८०–०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । अहिले बोर्डबाट...
थाहानगर स्तरीय जेसीज कपको खेल तालिका प्रकाशित
मकवानपुर । यही भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा नगरपालिकामा हुन लागेको थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको छ । पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक हुन लागेको डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको हो । उक्त प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने...
सभापति र महामन्त्रीद्वयको कुरा नमिलेपछि कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ । भोलि भदौ १२ गते बस्ने गरी आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सरेको हो । विवाद समाधान गर्न भनि सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि आह्वान गरेका थिए...









