थाहानगर स्तरीय जेसीज कपको खेल तालिका प्रकाशित
मकवानपुर । यही भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा नगरपालिकामा हुन लागेको थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको छ ।
पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक हुन लागेको डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको हो ।
उक्त प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।
उनका अनुसार, सो प्रतियोगिताको उद्घाटन खेलमा सुनिल र सन्तोषको टिमले रोशन र घनश्यामको टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।
थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ ।
प्रतियोगिताको प्रथम र द्धितिय हुनेले समूहले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।
