आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार, वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
