साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको फाइनल खेल आज हुँदैछ ।
खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । आज हुने उक्त फाइनल खेलमा नेपाल र बंगलादेश भिड्नेछ ।
दुबै देशका खेलाडीले प्रतियोगिताको उपाधि हात पार्न सक्दो तयारी गरेका छन् । त्यस्तै, फाइनल खेल हेर्न दर्शकहरु उत्साहित छन् ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको थियो ।
यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाइ पेनाल्छी सुटआउटमा भारतलाई ४–३ गोल अन्तरले पराजित थियो ।
