पहिरोका कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने दुबै बाटो खुल्यो
मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने दुबै बाटो खुलेको छ ।
आज दिउँसो परेको अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसी अवरुद्ध बनेको बाटो खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भीमफेदी गाउँपालिका वडा नम्वर ८, महादेवटारस्थित वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटी गई सडक विभाग तथा फाष्ट ट्याकसँग समन्वय गरी पहिरो पन्छाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यस्तै, पहिरोका कारण खवरुद्ध जिल्लाको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी–कुलेखानी–फर्फिङ हुँदै काठमाडौं जोड्ने सडकखण्ड पनि खुलेको छ ।
वर्षाको कारण लेदोसहितको पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको थियो । प्रहरी चौकी सिस्नेरीबाट टोली खटिगई सडक डिभिजनसँग समन्वय गरी बाटोको पन्छाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
