आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ भाद्र ११, मंगलवार ०८:५२
file-photo

काठमाडौं । संघीय संसद्का विभिन्न तीन वटा समितिको बैठक आज एकैदिन बस्दैछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।

जसनुसार, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ बजे बस्ने बस्ने गरी बोलाइएको छ ।