समाचार

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका एक–दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम...

भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार राति रानिमहल जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार तानसेन नगरपालिका–१...

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं । आज देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइने भएको होे । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरीका कृष्ण...

साफ यु–२० च्याम्पियनसिपः नेपाल फाइनलमा

काठमाडौं । नेपाल २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबारको खेलमा भुटानलाई पराजित गर्दै नेपालले फाइनलमा आफ्नो स्थान बनाएको हो । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको हो । निर्धारित ९०...

लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ सेतु विक चोकबाट आइतबार दिउँसो अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–५ बस्ने ३९ वर्षीय सजाद अहमद सिद्धिकी रहेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले पक्राउ...

विपद्को घटनामा परेर २०३ जनाको मृत्यु, १५४ जना बेपत्ता

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को विभिन्न घटनामा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना,...

मकवानपुरमा स्क्रब टाइफसका ७० जना बिरामी फेला

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका ७० जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २६ महिला र १३ पुरुष गरी ३९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा...

मकवानपुरका १४३ जनामा डेंगु संक्रमण पुष्टि, हेटौंडामा मात्रै १०४

मकवानपुर । मकवानपुर जिल्लाका १ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ९ गते आइतबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ७९ जना महिला र ६४ जना पुरुष रहेका छन् । सो...

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आह्वान गरेको छ । रास्वपाले यही भदौं ११ गते बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । त्यस दिन बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक केन्द्रीय कार्यालय...

लागूऔषधसहित २० जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशकोे विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र ललितपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध...