लागूऔषधसहित २० जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १६:२९
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशकोे विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र ललितपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले १६ किलो १ सय ८० ग्राम लागूऔषध चरेश र तराजु १ थानसहित शनिबार दिउँसो धामीलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेकोे हो ।

यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट नियन्त्रित लागूऔषधसहित १९ जना पक्राउ परेका छन् ।

ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, लागूऔषध गाँजा ५० ग्रामसहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका–५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।