रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १६:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आह्वान गरेको छ । रास्वपाले यही भदौं ११ गते बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

त्यस दिन बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । उक्त बैठकमा छलफलका लागि समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकारलगायतको एजेण्डा तय गरिएको छ ।