समाचार

कृषि मन्त्रालयले डीडीसीलाई थप ६० करोड रुपैयाँ दिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई थप ६० करोड रुपैयाँ दिने भएको छ । आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटको क्रममा बोल्दै मन्त्री रामनाथ अधिकारीले सो बारे जानकारी दिएका हुन् । उनले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताए...

साता कारोबारको पहिलो दिन नै ७९.८८ अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को बिन्दुमा झरेर रोकिएको हो । यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६ दशमलव ०१ अंकले बढेर २...

हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत

मकवानपुर । हेटौंडाको बुद्धचोकमा आइतबार आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रगत दिएका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) सोसल सर्भिस क्लब र रोट्र्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेका हुन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग भएको कार्यक्रममा रोटरी क्लब अफ...

हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने भएको छ । ओपेराईन्फोटेन्ट सिने प्रा.लिको आयोजनामा हुने उक्त लाइभ सेलोबारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रालिका संचालक बिक्रम लुङ्बाले अगामी असोजको १९ गते लाइभ सेलो साँझको आयोजना गर्न लागेको बताए । ‘एक तामाङ घर,...

लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको साधारणसभा सम्पन्न

मकवानपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित...

वडाध्यक्ष यादव मृत अवस्था फेला

जनकपुरधाम । महोत्तरी जिल्लाका एक वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी आज बिहान जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा मृत भेटिएका हुन् । यादव मृत फेला परेको...

कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु भेटियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको सभापति देउवाको निवास अगाडि आज बिहान १ बजेको समयमा शंकाीपद वस्तु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु...

रामेछापमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

रामेछाप । रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त घटनाबारे थाहा पाए लगतै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर,...

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने चितवनको घुमाउनेमा आज बिहानै बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान सवा ७ बजे चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, भदौ ११ गतेसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा तय भएको छ । सो पार्टीको...