नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार ०९:२३

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने चितवनको घुमाउनेमा आज बिहानै बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान सवा ७ बजे चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । तीमध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ ।

घाइते हुनेहरुमा क्रमशः कन्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने वर्ष ४० की तारा भट्ट, कैलालीको लम्किचुहा नगरपालिका– ३ बस्ने वर्ष २३ की हरिकला थापा, वर्ष १९ को कैलाश वि.क., वर्ष २७ की कृष्णा वि.क., वर्ष ३५ की जयन्ती वि.क., कन्चनपुरको भीमदत्त नगरपालिका–८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार, कन्चनपुरको कन्चनपुर नगरपालिका–३ बस्ने वर्ष २३ को समिदेवल राना र कैलालीको गोदावरी नगरपालिका–१२ बस्ने वर्ष ३७ को शेरबहादुर विष्ट रहेका छन् ।

यसैगरी, बझाङको वित्थडचिर गाउँपालिका–४ बस्ने वर्ष २२ को बसन्त बोहोरा, कन्चनपुरको भीमदत्त नगरपालिका–१७ बस्ने वर्ष ३४ को धरम खड्का, कन्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने वर्ष २० को दिपेश भट्ट, दार्चुला महाकाली नगरपालिका–६ बस्ने वर्ष २३ को लक्ष्मण बम, कन्चनपुर भीमदत्त नगरपालिका–९ बस्ने वर्ष २५ को भिमसेन सार्की, बैतडीको दशरथचन्द नगरपालिका–२ बस्ने वर्ष ३७ को जनक बिजाली, कन्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने वर्ष २३ को विनोद सार्की, डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ बस्ने वर्ष ३३ को देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका–५ बस्ने वर्ष २५ को विपिन न्यौपाने घाइते भएका छन् ।

घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।