वडाध्यक्ष यादव मृत अवस्था फेला
जनकपुरधाम । महोत्तरी जिल्लाका एक वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी आज बिहान जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा मृत भेटिएका हुन् ।
यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएका प्रहरीले जनाएकोे छ ।
मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिए पनि पुष्टि भएको छैन । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
