समाचार

आजबाट आत्मनिर्भर नेपाल अभियान सुरु गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने भएको छ । अभियानको आज पहिलो दिन दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच प्रारम्भ हुने जनाइएको छ । रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको जानकारी दिएको छ ।...

हेटौंडा–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै चौथो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १७ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । विभिन्न सूचक...

मकवानपुरमा भिरबाट खसेको ढुङ्गाले लागेर बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट खसेको ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरेमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ढुङ्गाले लागेर स्थानीय हिरालाल थिङको ८ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको हो ।...

कांग्रेस नेता दाहालले किने महाबिर पुनका एक सय पुस्तक

मकवानपुर । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यसहित नेपाली कांग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहालले महाबिर पुनका एक सय पुस्तक खरिद गरेका छन् । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उद्देश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनको एक सय थान पुस्तक दाहालले शुक्रबार खरिद गरेका हुन् । नेपाली ७५० रुपैयाँ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

गिरिजा अधिकारी नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानून बनाउने बिधेयक नेपालको दुबै सदनबाट पास भएकोमा संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । दुबै सदनबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप...

हेटौंडा उपमहानगरले महावीर पुनको पुस्तक किन्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वैज्ञानिक महावीर पुनको अभियानमा समर्थन गर्ने उद्देश्यले पुस्तक किनेर सहयोग गर्ने घोषणा गरेको छ । उपमहानगरले पाँच लाख रुपैयाँ बराबरको पुस्कत किनेर वैज्ञानिक महावीर पुनलाई सहयोग गर्ने घोषणा गरेको हो । पुस्तक बिक्री अभियान लिएर उपमहानगरपालिकाको कार्यलय पुगेका पुनसँग भेट गर्दै मेयर मीनाकुमारी लामा र...

तनहुँ बस दुर्घटनाः सबै यात्रु भारतीय नागरिक

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा पर्ने सबै यात्रु भारतीय नागरिक रहेको खुल्न आएको छ । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बस दुर्घटनामा परेका चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका...

धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा शुक्रबार दिउँसो हिमपहिरो गएको छ । उक्त हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ । तल गएर कालीगण्डकी नदीमा मिसिने उक्त खोला हिमपहिरोले थुनिएको हो । हाल घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए...

हात्तिलेटस्थित निलकण्ठेश्वर मन्दिरमा श्रीकृष्ण लिला तथा झुला कार्यक्रम सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६, हात्तिलेटस्थित निलकण्ठेश्वर महादेव मन्दिरमा शुक्रबारबाट श्रीकृष्ण लिला प्रवचन एवम् झुला कार्यक्रम सुरु भएको छ । निलकण्ठेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमको पानसमा...

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।...