समाचार
तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटना, १४ जनाको मृत्यु
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको छ । केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त बसमा ४३ जना सवार थिए । तीमध्ये ३९ जनाको उद्धार गरिएको छ भने...
मकवानपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुर जिल्लाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना पुष्टि भएसँगै कुल संख्या ६४ पुगेको हो । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ७ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमण...
मकवानपुरका १३७ जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुर जिल्लाका १ सय ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ७ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ७६ जना महिला र ६१ जना पुरुष रहेका छन् । सो...
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका–९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, स्याङ्जा र दाङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।...
विपद्को घटनामा परेर १९५ जनाको मृत्यु
काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका ८ जना, बागमती प्रदेशका ३९ जना, गण्डकी प्रदेशका ५६ जना, लुम्बिनी प्रदेशका ३७ जना, कर्णाली...
बनस्खण्डीमा आजबाट महायज्ञ सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ बनस्खण्डी देवि सामुदायिक वन उपभोक्ता समितिको प्राङ्गणमा शुक्रबारबाट श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । बनस्खण्डी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो । महायज्ञको उद्घाटन...
कांग्रेस केन्द्रीय समितिको बैठक ११ बजे बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने जनाइएको छ । अधिकांश केन्द्रीय...
बसामाडी जेसीज सप्ताहः फुटसल र सचेतना कार्यक्रम
मकवानपुर । बसामाडी जेसीजको जेसीज सप्ताह २०२४ को पहिलो दिन बिहीबार २ वटा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । पहिलो कार्यक्रम अन्तरगत बिहान बसामाडी जेसीज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको थियो । हेटौंडा–४ स्थित कमलडाँडा फुट्सल मैदानमा भएको मैत्रीपूर्ण फूटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी) मकवानपुर...
टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।...










