समाचार

सहकारी छानबिन समिति: रवि लामिछानेलाई साधेपुछका लागि बोलाइयो

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो । उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा शुक्रबार दिउँसो...

सुनको सिक्री लुटपाट गर्ने पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर...

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, झापा र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया संगिता कार्कीलाई अवैध लागूऔषध...

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक हजार एक सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम...

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने गरी आह्वान गरिएको छ । यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा...

बिहीबार शेयर बजारमा वृद्धि, १९ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ०१ अंकले बढ्दै २ हजार ९७४ दशमलव ४६ विन्दुमा उक्लिएको हो । यसअघि बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बढ्दै २ हजार ९६८ दशमलव...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकले ठक्कर दिँदा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।...

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एउटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक गत साउन १६ गते प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष...

हेटौंडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने

हेटौंडा । जेष्ठ नागरिकलाई लक्षित गरी हेटौंडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालय परिसरमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माणाधीन अवस्थामा छ । ज्येष्ठ नागरिकको दिनभर मन बहलाउनका लागि पोखरी, बगैँचा, भजनकीर्तनका लागि हललगायतका संरचनासहितको मनोमञ्जन पार्क बन्ने भएको हो...

आज प्रतिनिधि सभा बैठक पनि बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले...