ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकले ठक्कर दिँदा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
