समाचार

मकवानपुरका १२० जनामा डेंगु संक्रमण पुष्टि

मकवानपुर । मकवानपुर जिल्लाका १ सय २० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ५ गते बुधबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ५५ जना महिला र ६५ जना पुरुष रहेका छन् । सो...

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । दिउँसो सवा १ बजे बैठक सुरु हुने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।...

पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड हाल अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ललितपुर जिल्लाको झाँक्री डाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुरतर्फ आउने कान्तिलोकपथ अवरुद्ध...

आज सातै प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा...

मकवानपुरमा जङगली जनावर बाघ मृत फेला

मकवानपुर । मकवानपुरको मनहरीमा आज बिहान जङगली जनावर बाघ मृत अवस्थामा फेला परेको छ । बिहान सवा ३ बजेको समयमा मनहरी गाउँपालिका–६, प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा रहेको भैसीलाई जंगली जनावर बाघले आक्रमण गर्दा एउटा भैसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको...

मकवानपुर जिल्ला लिग फुटबलको मिति सर्याे

मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबलको मिति सरेको छ । यही भदौ ७ गतेबाट हुने भनिएको उक्त प्रतियोगिता एकहप्ता पछि धकेलिएको हो । बुधबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको आकस्मिक बैठकले प्रतियोगिता एक हप्ता पर सारेको फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए । बैठकले झरी वर्षाका...

बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रीहरुसँग करार सम्झौता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले चालू आर्थिक वर्षको सुरुवातमा बजेट र नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्नका लागि मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । उनले प्रदेशमा रहेका १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन्...

तरुण दलले हेटौंडा अस्पताललाई ज्ञापनपत्र बुझायो

मकवानपुर । हेटौंडा अस्पतालको कर्मचारीको पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्य समितिले ज्ञापनपत्र बुझाएको छ । परीक्षा र अन्तवार्ता दुबैमा सफल भइसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दल हेटौंडाले मेडिकल सुपरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालको करारमा कार्यरत...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

झापा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा उनको श्रीमान् ओम प्रकाश अधिकारी पक्राउ परेका हुन् । ४७ वर्षीय अधिकारीलाई मंगलबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

हेटौंडामा एक पुरुषको शव भेटियो

मकवानपुर । मकवानपुरको राप्ती नदीको बगरमा एक पुरुषको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित सुकुम्बासी टोल नजिकै राप्ती नदीको बगरमा मंगलबार एक पुरुषको शव भेटिएको हो । उक्त शव अन्दाजी ३५ वर्षीय पुरुषको रहेको र हाल सनाखत हुन नसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानएको...