समाचार
कक्षा १२ का करिब ४० हजार विद्यार्थीद्वारा पुनर्योगको माग
काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगको माग गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले गत साउन १८ सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योगको माग गरेका हुन् । उनीहरुले पुनर्योगका लागि निवेदन दिएका छन्...
युरोप जाने नेपालीको संख्या बढ्दो, एक वर्षमा ५० हजार गए
काठमाडौं । पछिल्लो समय रोजगारको लागि युरोप जाने नेपालीको संख्या बढ्दो छ । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएको...
मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत खसालेका थिए । यस्तै, आचार्यले राखेको प्रस्तावको विपक्षमा ११ जनाले मत खसालेका थिए...
हेटौंडामा गाईजात्रा पर्व मनाईयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा गाईजात्रा पर्व मनाइएको छ । विगतका वर्षहरु झैं यस वर्षपनि हेटौंडामा सामूहिक रुपमा गाईजात्रा पर्व भनाइएको हो । नेवा सांस्कृतिक पुचः हेटौंडाको आयोजनामा लाखे नाच, नेवारी बाजासहित सामूहिक गाईजात्रा निकालिएको हो । हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको गाईजात्रा बजारको विभिन्न स्थान परिक्रमा गरी भुटनदेवी...
कन्सर्टको लागि हेटौंडा आउँदै सबिन राई
मकवानपुर । चर्चित पप गायक सबिन राई यही असोज २५ गते कन्सर्टको लागि हेटौंडा आउने भएका छन् । उनी दसैं म्यूजिक फेस्टिवल अन्तर्गत कन्सर्टका लागि हेटौंडा आउन लागेका हुन् । उनले आफुलाई हेटौंडा आउने रहर भएको र भाद्र २९ गतेको कन्र्सट असोज २५ मा सारिएको भिडियोमा बताइएको छ ।...
हेटौंडामा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङस्थित कभर्ड हलमा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भदौ २७ गतेदेखि २९ गतेसम्म संचालन हुने उक्त ब्याडमिन्टन प्रतियोगिता मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको हो । ब्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना...
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा थापाको मृत्यु
बुटवल । अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि शितगंगा नगरपालिका–१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट पहिरो खसेको थियो । उक्त पहिरोले पुरिंदा स्थानीय ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार, पहिरो...
भोलिदेखि माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक भोलि बुधबारदेखि सुरु हुने भएको छ । गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्न लागेको हो । जसअनुसार, बागमती...
हेटौंडा उपमहानगरमा आर्थिक संकट, वडालाई बजेट खर्चमा रोक
हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले वडा कार्यालयलाई चालु आर्थिक वर्षको बजेट खर्चमा रोक लगाएको छ । आव २०८१–८२ का लागि बजेट निर्माण भएर कार्यान्वयनमा आएको महिना दिन पूरा भएसँगै उपमहानगरपालिकाले वडा कार्यालयलाई चालु आवको बजेट भदौ महिनाबाट खर्च गर्न रोक लगाएको हो । नगर सभाबाट स्वीकृत आर्थिक ऐनले समग्र...
रास्वपाले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले भोलि बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् । उक्त बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल...










